Logo

लुम्बिनी प्रदेश

कर्णाली नदीबाट मापदण्ड विपरित नदि जन्य पदार्थ उत्खनन, सत्तीघाट पुल थप जोखिममा



पूर्व–पश्चिम हुलाकी राजमार्ग अन्र्तगत बर्दिया र कैलाली जोड्ने राजापुर स्थित सत्तीघाटमा निर्माण भएको पुल थप जोखिममा पर्ने खतरा बढेको छ । निर्माणकै क्रममा पुलको पुर्वि किनारामा एउटा पिलर थप गर्नुपर्नेमा जोखिमपुर्ण अवस्थामै माटो पटानी गरी गाईडवन्डको भरमा छाँडीदा जोखिममा परेको पुल अहिले कर्णाली नदी बाट मापदण्ड विपरित नदि जन्य पदार्थ उत्खनन भईरहदा थप जोखिममा पर्ने खतरा बढेको हो ।

वातावरणीय प्रभाव मुल्याङ्गकन प्रतिवेदन अनुसार राजमार्ग, सहायक राजमार्ग, पुलपुलेसा, कलभर्ड, नहर, तटबन्धको ५ सय मिटर भित्रबाट ढुङ्गा, वालुवा, ग्राभेल र झिक्न नपाईने मापदण्ड निर्धारण गरिएको छ ।

तर सरकारी नियमको धज्जी उडाउँदै कर्णली नदी किनारबाट धमाधम नदीजन्य बस्तुकोर पुल नजिकैबाट ढुङ्गा उत्खनन् भईरहेको छ । अबैध धन्दाको नियन्त्रण गर्नुको सट्टा सम्वन्धीत निकाय चुपचाप बस्दा कर्णाली नदीको सत्तीघाटमा ठेकेदारहरुको हालीमुहाली चलिरहेको छ ।

नदीको वारीपारी निर्माण गरिएका तटबन्ध छेउबाटै ढुङ्गा, वालुवा, गिटी निकाल्न यतिबेला प्रतिस्पर्धा नै चलिरहेको छ । जेसीभी र स्काभेटरहरु प्रयोग गरिएको छ । ५ सय मिटर भन्दा टाढाबाट उखनन् गर्नुपर्ने भएपनि पुल र तटबन्धको ५० मिटर नजिकसम्म ठेकदार र व्यवसायीहरु पुगिसकेका छन् ।

गत बर्षसम्म जिल्ला समन्वय समिति बर्दियाले कर्णली नदीको ढुङ्गा, वालुवा, गिट्टीेमा रोउल्टी उठाउँदै आएको थियो । तर, चालु आर्थिक बर्षदेखि कैलालीको टिकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिकाले रोयल्टी उठाउन लागेका छन् ।तर नियम उल्लंघन गरेर नदीमा आधिपत्य जमाइरहेका प्रति पनि यहाँका जनप्रतिनिधिहरु समेत तैँ चुप मै चुप छन् । सम्बन्धित निकाय मुखदर्शक बनेर बसिदिँदा कर्णली नदीले आफ्नो धार समेत परिवर्तन गर्दै लगेको छ ।

अन्दाधुन्द भइरहेको उत्खनन्का कारण नदीले बर्षातमा धार परिवर्तन गर्दा पुललाई असर पारीरहेकोछ । हिउँदका बेला पुलकै छेउछाउबाट ढुङ्गा,उत्खनन् गर्दा बर्षातका बेला नदीले धार परिर्वतन गर्दै लगेको छ । दिर्घकालिन रुपमा यसको असर पुललाई पर्ने निश्चीत छ । यस तर्फ सरोकार वाला निकायहरु वेलेमा सचेत हुन आवश्यक देखिन्छ ।

प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार  ५ : ३३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।