Logo

समाचार

गैरकानुनी सम्पत्ति आर्जनमा विकल पौडेललाई साढे दुई वर्ष कैद



काठमाडौं । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा नेपाल सरकारका पूर्वसचिवस्तरका अधिकारी विकल पौडेललाई साढे दुई वर्ष कैद सजाय सुनाएको छ। अदालतले पौडेलबाट ४१ करोड ९४ लाख ७३ हजार रुपैयाँ बराबरको सम्पत्ति जफत हुने फैसला गरेको छ।

विशेष अदालतले शुक्रबार फैसला गर्दै पौडेललाई गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर गरेको हो। फैसलामा पौडेलको सिंगापुरमा रहेको सम्पत्तिलाई समेत आधार बनाइएको छ।

उक्त मुद्दामा प्रतिवादी बनाइएका अन्य तीन जनालाई भने अदालतले सफाइ दिएको छ।

पौडेल यसअघि भ्रष्टाचारसम्बन्धी अन्य मुद्दामा समेत दोषी ठहर भइसकेका छन्। ती मुद्दामा भएको फैसलाका आधारमा उनी हाल कारागारमा छन्।

विशेष अदालतको पछिल्लो फैसलासँगै पौडेलमाथि गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अभियोगमा थप सजाय र सम्पत्ति जफतको आदेश भएको हो।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार ०८:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।