Logo

प्रमुख समाचार

तीन उपसभापतिको व्यवस्था भए आङ्देम्बेले उम्मेदवारी दिने



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको विधान संशोधन गरी तीन जना उपसभापतिको व्यवस्था भए उपसभापति पदमा उम्मेदवारी दिने भएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनले विधान संशोधन गरी उपसभापति, महामन्त्रीलगायत पदाधिकारीको संख्या थप गर्ने चर्चा भइरहेका बेला आङ्देम्बेको उम्मेदवारी तयारीबारे सार्वजनिक भएको हो ।

‘पार्टीको विधान संशोधन गरी उपसभापतिको संख्या तीन बनाउँदा उहाँ उपसभापति पदको उम्मेदवार बन्नुहुन्छ,’ उनी निकट स्रोतले भन्यो ।

आङ्देम्बे यसअघि कांग्रेसका सहमहामन्त्री थिए । हाल उनी पार्टीको संसदीय दलको नेता छन् ।

विधान संशोधनमार्फत तीन उपसभापति पदको व्यवस्था गरिए उक्त पदमा उम्मेदवार दिने भएका हुन् । कांग्रेसमा हाल दुई जना उपसभापतिको व्यवस्था छ ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आईतवार १०:५०   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।