Logo

प्रदेश न. १

सुनसरी– मोरङ औद्योगक करिडोरका ६० उद्योगको विद्युत कटौती



मोरङ औद्योगक करिडोरका ६० वटा उद्योग तथा फर्ममा विद्युत कटौती गरिएको छ । उद्योगले बिजुली प्रयोग गरे वापतको ठूलो रकम शुल्क बुझाउन नसकेपछि विद्युत कटौती गरिएको विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहले बताए । उनका अनुसार बाँकी रहेको वक्यौता रकम सम्बन्धीत उद्योगले भुक्तानीले नगरेसम्म ति उद्योगमा पुनः विद्युत सेवा उपलब्ध गराइने छैन ।

‘महसुल नतिर्नेमा ठूला आद्योगिक घरनाका उद्योग पनि छन्,’ सिंहले भने, ‘पटक–पटक ताकेता गर्दा पनि नतिरेपछि ति उद्योगमा विद्युत विच्छेद गर्नु पर्ने अवस्था आएको हो ।’

बिजुली काटिएका उद्योग मध्ये स्वस्तिक फुटवेयर, स्वस्तिक पोलिमार, श्रीराम आईरन, श्रीजी वायर्स, रामजानकी कोल्ड स्टोर ठूला उद्योग हुन् । व्यवसायी ऋषिमोहन रेग्मीको लगानी रहेको विराटनगर महानगरपालिका–४ को रामजानकी कोल्ड स्टोरले सात लाख रुपैयाँ भन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले लाइन काटेपछि कोल्ड स्टोरमा व्यापारीले राखेका सामान बिग्रिन थालेका छन् ।

सिंहले महसुल नतिर्ने अन्य उद्योगको पनि विवरण निकाल्ने काम भइरहेको जानकारी दिंदै महसुल बुझाउन आनाकानी गर्ने सबै उद्योग तथा आद्योगिक प्रतिष्ठानका विद्युत लाइन काटिने बताए ।

प्राधिकरणको वक्यौता रकमका बारेमा अनलाइन मार्फत सिधै केन्द्रीय कार्यालयले हेर्न थालेपछि केन्द्रको दवावमा बाँकी वक्यौता धेरै रहेका उद्योगहरुको धमाधम लाइन काट्न थालिएको उनको भनाइ छ ।

प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार  ८ : ३४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।