Logo

अर्थ

वर्ल्डलिंककाे महिला सशक्तीकरणका लागि तीनदिने सीपमूलक तालिम



काठमाडौं। संस्थागत सामाजिक उत्तरदायित्वद्वारा सञ्चालित महिला सशक्तीकरण तथा आर्थिक स्थायित्व कार्यक्रमअर्न्तगत तीन दिने सीपमूलक तालिम सम्पन्न भएको छ। तालिममा छहारी कृषि एकल महिला फर्मसँग आबद्ध ३५जना महिलाहरुको सक्रिय सहभागिता रहेका थिए।

तालिमको समापन समारोहमा ललितपुर महानगर २७ का वडाध्यक्ष, वडामा कार्यरत कर्मचारी तथा अन्य सम्बन्धित सरोकारवालाको उपस्थिति थियो। तालिममा सहभागीलाई तरल मल, फिनेल तथा हार्पिक तयारी सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। तालिमले महिलालाई सीप विकाससँगै आयआर्जन तथा साना उद्यमतर्फ अघि बढ्न प्रोत्साहित गर्ने उद्देश्य राखेको थियो।

वर्ल्डलिङ्ककी संस्थागत सामाजिक उत्तरदायित्व निर्देशक तथा प्रमोटर सेयरहोल्डर अनुपा भण्डारी जालानले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा प्रयोग गर्दै आर्थिक आत्मनिर्भरतासँग जोड्नुपर्ने बताइन्।

महिलालाई सीप प्रदान गर्नु आत्मनिर्भर बन्ने अवसर सिर्जना गर्ने रहेको उनको भनाइ थियो। सिकेको सीपलाई उत्पादन तथा आयआर्जनका अवसरसँग जोड्न सकेमा मात्र तालिमको वास्तविक प्रभाव देखिने विश्वास व्यक्त गरिन्।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार १३:०१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।