Logo

बिजनेस

कामना सेवाकोे ६७ औं शाखा हरिवनमा



कामना सेवाविकास बैंक लिमिटेडले आफ्नो सेवाविस्तारकोक्रममा सर्लाही जिल्लाको हरिवननगरपालिका वडा नं ११, हरिवनमायहीफागुन १३ गते आफ्नो ६७ औं शाखाकार्यालय स्थापनागरि कारोबार शुभारम्भ गरेको छ ।

बैंकका संचालकश्री बलराम बराल तथा प्रमुखकार्यकारी अधिकृती प्रविण बस्नेतले संयुक्त रुपमाकारोबार शुभारम्भ गरेका थिए । उक्तकार्यक्रममा बैंककाप्रदेश नं २ काप्रमुख राकेश सिंह तथा बैंकका उच्चपदश्थ कर्मचारीहरुको पनिउपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा प्रमुखकार्यकारी अधिकृतले उक्त शाखाप्रदेश नं २ को लागि तेस्रो शाखाभएको र थपशाखाहरु पनि शीघ्र सञ्चालनमाल्याउने गरि निर्माण तथा सजावटको कामभईरहेको बताए ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीयकार्यालय रहेको बैंकले देशकाविभिन्नभागहरुमा ६६ वटाशाखातथा २० वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ ।

साथै बैंकले ABBS, Internet Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्नासेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।

प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार  ४ : ०८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।