काठमाडौं । १३ देशका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म हुने भएको छ ।
समिति सचिवालयले २६, २७ र २८ असोजमा सुनुवाइ गर्ने मिति आज बसेको संसदीय सुनुवाइ समितिमा प्रस्ताव राखेका थियो । जसलाई समितिले स्वीकार गरेको हो ।
प्रस्तावित १३ वटा राजदूतहरूविरुद्ध ७ वटा उजुरी परेको छ । २ वटा सबैविरुद्ध परेको छ भने ५ वटा एक-एक जना व्यक्ति तोकेर उजुरी परेको छ ।
राजदूतहरू विरुद्ध प्राप्त उजुरी आज सुनुवाइ समिति सदस्यहरूलाई वितरण गरिएको छ ।




















प्रतिक्रिया