काठमाडौं । आज साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ११.९५ अंकले बढेर २,५७८ को विन्दुमा कायम भएको छ ।
आज १६९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको मूल्य घटेको छ ।
आज ३ अर्ब १३ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको सेयर कारोबार भएको छ । यस कम्पनीको २३ करोड ९१ लाख रुपेयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै त्रिशुली जलविद्युतका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५.११ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४.९४ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया