काठमाडौं। कामना सेवा विकास बैंक र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीच सातै प्रदेशका साना तथा मझौला व्यवसायीको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
महासंघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र महासंघका महानिर्देशक डा. गोपाल तिवारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता हस्ताक्षर कार्यक्रममा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यलगायत पदाधिकारी तथा परिषद् सदस्यहरूको उपस्थिति थियो ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष वैद्यले सम्झौतापछि सातै प्रदेशमा क्रमिक रूपमा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने बताए । यस्ता कार्यक्रमले उद्योगी–व्यवसायीको वित्तीय ज्ञान बढाउनुका साथै वित्तीय अनुपालना कायम गर्नसमेत सहयोग पुग्ने उनको भनाइ थियो ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत दाहालले उद्योगी–व्यवसायीलाई वित्तीय विवरण तयार गर्ने तथा त्यससँग सम्बन्धित वित्तीय अनुपालना कायम गर्ने विषयमा सरोकारवालाको सहभागितामा तालिम सञ्चालन गरिने बताए ।
तालिमका लागि आवश्यक प्राविधिक सहयोग बैंकले उपलब्ध गराउने र त्यसबाट साना तथा मझौला व्यवसायीको वित्तीय तथा व्यावसायिक क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको उनले बताए ।



















प्रतिक्रिया