Logo

प्रमुख समाचार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध



काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध भएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। निर्धारित समयभित्र वरिष्ठ उपसभापति पदमा शर्माको मात्रै उम्मेदवारी परेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

यससँगै शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका हुन्।

गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट शर्मा उपसभापतिमा चयन भएका थिए। त्यसअघि उनी १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए।

 

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलवार २०:०३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।