Logo

प्रमुख समाचार

महाधिवेशनको चौथो दिन : के-के हुदैछ ?



काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज (बुधबार) चौथो दिन पनि जारी रहेको छ ।

आज महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारको नाम फिर्ता तथा उम्मेदवारी सच्याउन निवेदन दिन सकिनेछ । मनोनयन दर्ता गरेका उम्मेदवारले आज उम्मेदवारी फिर्ता लिन चाहेमा फिर्ता गर्न सक्ने छन् ।

आज उम्मेदवारको नाम फिर्ता लिने वा सच्याउने निवेदन बिहान ९ बजेसम्म दिन सकिनेछ छ । त्यसपछि बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

आज दिन दिनभर उम्मेदवारहरूलाई प्रचारप्रसारका लागि समय उपलब्ध गराइनेछ ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार ०८:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।