काठमाडौं । आज सेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक ६.३८ अंकले घटेर २,५७२ को विन्दुमा कायम भएको छ ।
आज १०० कम्पनीको सेयर मूल्य बढेको छ भने १६७ कम्पनीको मूल्य घटेको छ ।
आज ३ अर्ब ७४ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको सेयर कारोबार भएको छ । यस कम्पनीको ३२ करोड २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.२५ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै ग्लोबल आइएमई सम्मुनत योजना २ का इकाईधनीले गुमाएका हुन् । यसका इकाईधनीले ५.२६ प्रतिशतका दरले गुमाएका हुन् ।



















प्रतिक्रिया