काठमाडौं । नेपाली सेनाले गोरखा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको छ ।

आइतबार पछिल्लो १२ बजेसम्मको विवरण अनुसार एमआइ–१७ सहित चारवटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको टोलीले जगत क्षेत्रबाट ६, न्याकफेदीबाट नौं जना तथा यारुबाट एक जना शिशु र एक विदेशी नागरिकसहित नौं जना तथा पायुबाट १२ जनागरी हालसम्म ३६ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।

त्यस्तै, अन्य सुरक्षा निकाय र सरकारी निकायसँग समन्वय गरी थप खोज तथा उद्धार गरिरहेको पनि सेनाले जनाएको छ । बूढीगण्डकी नदीमा आएको बाढीपछि गोरखा, धादिङ, तनहुँलगायतका जिल्ला प्रभावित छ ।

तस्विरहरु: नेपाली सेना