Logo

राजनीति

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको अवलोकनमा पुगे बाबुराम भट्टराई



गोरखा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित गोरखाको आरुघाट बजार, शान्तिबजारलगायत क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।

अवलोकनका क्रममा भट्टराईले गण्डकी प्रदेशका ऊर्जामन्त्री फणिन्द्र देवकोटा, प्रमुख जिल्ला अधिकारी, आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, सडक विभागका महानिर्देशकलगायत जनप्रतिनिधि तथा स्थानीयसँग छलफल गरेका छन् ।

उनले बाढीबाट प्रभावित नागरिकको तत्काल व्यवस्थापन तथा दीर्घकालीन पुनःस्थापनाका लागि आवश्यक पहल गर्न सम्बन्धित निकायका अधिकारीहरूलाई आग्रह गरेका छन् ।

बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्दै भट्टराईले पीडितको व्यवस्थापन र पुनःस्थापनाका लागि सरोकारवाला निकायबीच समन्वय गरी आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आईतवार १८:४३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।