काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका नजिक बुढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीले निर्माणाधीन चार जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ।
बाढीबाट कुल ४१२।०६ मेगावाट क्षमताका आयोजनाका निर्माणस्थल, पहुँच सडक, पुल, क्याम्प तथा उपकरणमा क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इप्पान० ले जनाएको छ।
बाढीले टाइम्स इनर्जीले निर्माण गरिरहेको ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प र निर्माण उपकरण बगाएको छ। त्यस्तै, २४।५ मेगावाटको दोभान खोला आयोजनाको क्याम्प र बेलिब्रिजमा क्षति पुगेको छ।
यसैगरी, ३०।५९ मेगावाट क्षमताको यारु खोला आयोजनाको बेलिब्रिज तथा निर्माण सामग्रीमा नोक्सानी भएको छ भने १६ मेगावाटको माछा खोला आयोजनाको पहुँच सडक र पुल क्षतिग्रस्त भएका छन्।
पछिल्लो समय बाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुग्ने क्रम बढ्दै गएको छ। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण ४३० मेगावाट विद्युत् उत्पादन ठप्प भएको थियो।
त्यस्तै, असोज ९ देखि ११ गतेसम्मको वर्षापछि आएको बाढीले पश्चिम तथा मध्य नेपालका विभिन्न विद्युत् आयोजना, प्रसारण लाइन र सबस्टेसनमा क्षति पुर्याएको थियो। उक्त घटनाबाट एक हजार ३०३ मेगावाट बराबरको विद्युत् प्रणाली प्रभावित भएको थियो।




















प्रतिक्रिया