Logo

प्रमुख समाचार

अर्बपति विनोद चौधरी नेपाली काँग्रेसको उपसभापति निर्वाचित



काठमाडौं । उद्योगपति तथा अर्बपति विनोदकुमार चौधरी नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित भएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा समावेशी समूहबाट १ हजार ७४५ मत प्राप्त गर्दै चौधरी उपसभापतिमा विजयी भएका हुन्।

उपसभापतिका तीन पदमध्ये खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य निर्वाचित भएका छन्। भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्दै सर्वाधिक मत ल्याउँदा आचार्यले २ हजार ३४२ मत पाए।

समावेशीतर्फ चौधरीका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत प्राप्त गरे। त्यस्तै, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत पाएका छन्।

व्यवसायिक क्षेत्रमा स्थापित चौधरीको कांग्रेस उपसभापतिमा भएको विजयलाई पार्टीको संगठनात्मक नेतृत्वमा उनको भूमिकाका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार ०७:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।