Logo

बैंकिङ

दसैँमा सकेसम्म डिजिटल माध्यमबाट दक्षिणा दिन राष्ट्र बैंकको आग्रह



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक नोट जगनका साथ प्रयोग गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

राष्ट्र बैंकले भनेको छ- ‘विजया दशर्मी हर्षोल्लाका साथ मनाउँदै गर्दा बैंक नोटको जनतका साथ प्रयोग गरौँ’। ‘दक्षिणा दिँदा सकभर डिजिटल माध्यमको प्रयोग गरौँ। बैंक नोट जतन गर्नु हाम्रो कर्तव्य हो।’

सफा र सुकिला बैंक नोट मात्र चलनचल्तीमा रहुन् भन्ने उद्देश्यले राष्ट्र बैंकले सफा नोट प्रयोग गर्ने नीति लिएको छ। दसैँमा देवीको प्रसादका रुपमा टीका, जमरासँगै दक्षिणाका लागि बैंक नोट प्रयोग गर्दा जिम्मेवारीपूर्वक र होसियारीपूर्वक प्रयोग गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।

दसैँमा आफ्नो बैंक नोट सुरक्षित राख्न नोटमा रङ, अबिर वा अन्य पदार्थ नलगाउन राष्ट्र बैंकले सुझाव दिएको छ।

 

 

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलवार १६:४२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।