काठमाडौं । बुधबार सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य तोलामा २ लाख ८९ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९२ हजार २ सय रुपैयाँ थियो ।
चाँदीको भाउ आज तोलामा १ सय रुपैयाँ घटेको छ । महासंघले आजका लागि चाँदीको भाउ तोलामा ४ हजार २५५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ४ हजार ३५५ रुपैयाँ थियो ।




















प्रतिक्रिया