Logo

अर्थ

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा



काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको असोज २७ गते मंगलबार अपराह्न बसेको सञ्चालक समितिको २५९औँ बैठकले आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावअनुसार कम्पनीले २०८३ असार मसान्तको चुक्ता पुँजी १ अर्ब ३४ करोड ४८ लाख ७१ हजार ३२३ रुपैयाँको आधारमा करसहित १४ करोड ८६ लाख ४३ हजार ६७३ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । संस्थाले बोनस सेयर भने वितरण नगर्ने निर्णय गरेको छ ।

यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार ११:५४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।