Logo

प्रमुख समाचार

मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’ गर्न प्रस्ताव



काठमाडौं । मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ उजुरीमाथि थप अध्ययन गर्नुपर्ने भन्दै होल्ड गरिएको छ ।

बुधबारको संसदीय सुनुवाइ समितिमा स्वार्थको द्वन्द, म्यानपावर व्यावसायीसँगको सम्बन्ध, पोखराको जग्गा खरिदको अनियमितता लगायतमा खरेलको संलग्न रहेको भनेर समिति सदस्यहरूले विषय उठाएका थिए ।

समिति सदस्य राजीव खत्रीले राजदूत नियुक्तिको प्रस्ताव, स्वार्थको द्वन्द्व, आर्थिक लेनदेन, स्थानीय तहसँग अनुदान मिलाइदिने भन्दै रकम लिएको विषय उठाए लगत्तै सभापति श्रेष्ठले ​प्रस्तावित राजदूतलाई जवाफ दिने समय दिए ।

प्रस्तावित राजदूत खरेलले यी आरोपमा आफ्नो कुनै पनि संलग्नता नरहेको, बिना तथ्य र बिना प्रमाणका कुराहरूमा आफूले जवाफ दिनुपर्ने अवस्था नरहेको बताए । तर रयसलाई गम्भीरतापूर्वक लिनुपर्ने भन्दै अर्का समिति सदस्य मधु चौलागाईंले थप अध्ययन गर्न आवश्यक रहेको र आवश्यक परे उपसमिति बनाउने प्रस्ताव राखे ।

समिति सभापति बोधनारायण श्रेष्ठले प्राप्त उजुरी अध्ययन गर्न समय चाहिने भएकोले सुनुवाइको प्रक्रिया होल्ड गर्ने निर्णय सुनाएका हुन् । त्यसपछि उनको सुनुवाइ होल्ड हुन पुगेको हो ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार १२:०६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।