Logo

प्रविधि

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट



काठमाडौं। नेपाल टेलिकमले ४ हजार ९९९ रुपैयाँ वार्षिक शुल्कमा ३० एमबीपीएस गतिको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ। निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरूले सस्तो दरका इन्टरनेट प्याकेज बन्द गर्ने घोषणा गरिरहेका बेला टेलिकमले भने सहुलियत दरमा नयाँ प्याकेज सञ्चालनमा ल्याएको हो।

नेपाल टेलिकमले ‘फाइबर टु द होम’ ९एफटीटीएच० अन्तर्गत एनटी फाइबर प्रयोगकर्ताका लागि वाइफाइ ६ प्रविधिमा आधारित नयाँ प्याकेज उपलब्ध गराउन लागेको हो। कम्पनीका अनुसार उक्त प्याकेज आजदेखि लागू हुनेछ।

टेलिकमका प्रवक्ता डा। कमल लामिछानेका अनुसार वार्षिक इन्टरनेट तथा टेलिफोन सेवा समेटिएका प्याकेजमध्ये १०० एमबीपीएसको शुल्क ११ हजार ४९९ रुपैयाँ र १५० एमबीपीएसको शुल्क १२ हजार ९९९ रुपैयाँ तोकिएको छ।

त्यस्तै, २०० एमबीपीएस गतिको इन्टरनेट सेवा वार्षिक १६ हजार ४९९ रुपैयाँमा उपलब्ध हुनेछ।

नयाँ प्याकेजअन्तर्गत वार्षिक ग्राहकले दैनिक ८०० देखि १ हजार एमबीसम्म मोबाइल डाटा निःशुल्क पाउनेछन्। साथै, यी प्याकेज जडान गर्ने ग्राहकबाट ५०० रुपैयाँ जडान शुल्क नलिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार नयाँ इन्टरनेट प्याकेज तथा अन्य सुविधा आजदेखि नै कार्यान्वयनमा आउनेछन्।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार ०८:२३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।