Logo

अर्थ

तोलामा १७ सय बढ्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँ बढेको छ ।

आजका लागि सुनको मूल्य तोलामा २ लाख ९० हजार १ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन प्रतितोला २ लाख ८८ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य आज तोलामा ११५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार १५० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार ११:२७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।