Logo

खेलकुद

बजाज पल्सर र एनपिएलबीच तीन सिजनका लागि सह-प्रायोजन सम्झौता



काठमाडौं । बजाज पल्सरले नेपाल प्रिमियर लिग (एनपिएल) सँगको आफ्नो साझेदारीलाई थप विस्तार गर्दै आगामी तीन सिजनका लागि सह-प्रायोजन सम्झौता गरेको छ ।

नेपाली क्रिकेटप्रतिको आफ्नो साथ र प्रतिबद्धतालाई निरन्तरता दिँदै बजाज पल्सर अब एनपिएलको तेस्रो, चौथो र पाँचौँ सिजनमा सह-प्रायोजकका रूपमा जोडिने कम्पनीले जनाएको छ ।

यसअघि दोस्रो सिजनमा आधिकारिक दुईपाङ्ग्रे सवारीसाधन साझेदार रहेको बजाज पल्सरको यो विस्तारित सहकार्यले नेपाली क्रिकेटको बढ्दो लोकप्रियतासँगै नयाँ पुस्ताका खेलाडी र क्रिकेटप्रेमीसँग जोडिने यात्रालाई थप अघि बढाउने कम्पनीको भनाइ छ ।

तीन सिजनसम्म रहने यस साझेदारीले परम्परागत प्रायोजनभन्दा माथि उठ्दै नेपाली क्रिकेटसँग दीर्घकालीन सम्बन्ध स्थापित गर्ने र खेलको निरन्तर विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको कम्पनीले जनाएको छ । एनपिएलमार्फत बजाज पल्सरले नेपाली क्रिकेटको प्रतिस्पर्धात्मक भावना, जोश र उत्साहसँग जोडिँदै खेलाडी, समर्थक तथा नयाँ पुस्ताका खेलप्रेमीसँगको सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरेको जनाएको छ ।

नेपालमा क्रिकेटप्रतिको बढ्दो आकर्षणले खेलाडी र समर्थकलाई आफ्नो प्रतिभा, उत्साह र खेलप्रतिको लगाव प्रस्तुत गर्ने साझा मञ्च प्रदान गरेको छ । यसै सन्दर्भमा बजाज पल्सर र एनपिएलबीचको सहकार्यले क्रिकेटप्रेमीहरूलाई जोड्नुका साथै नयाँ पुस्तालाई खेलसँग नजिक हुन प्रेरित गर्ने विश्वास कम्पनीले लिएको छ ।

बजाज पल्सरको पहिचान शक्ति, उत्कृष्ट प्रदर्शन, महत्त्वाकांक्षा र साहससँग जोडिएको छ। नेपाली क्रिकेटले पनि आफ्नो प्रतिस्पर्धात्मक भावना, समर्पण र निरन्तर प्रगतिमार्फत नयाँ उचाइ हासिल गर्ने यात्रा अघि बढाइरहेको छ। यी साझा मूल्य र भावनाले दुवै पक्षबीचको साझेदारीलाई थप अर्थपूर्ण बनाउँदै नेपाली क्रिकेटको विकाससँगै अघि बढ्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।

आधिकारिक दुईपाङ्ग्रे सवारीसाधन साझेदारबाट सह-प्रायोजकका रूपमा अघि बढेको यो सहकार्यसँगै बजाज पल्सरले एनपिएलका आगामी तीन सिजनमा नेपाली क्रिकेटसँगको आफ्नो सम्बन्धलाई निरन्तरता दिनेछ । यस साझेदारीमार्फत कम्पनीले खेलकुदप्रतिको उत्साहलाई प्रोत्साहन गर्ने, नयाँ पुस्ताका खेलाडी तथा समर्थकसँग जोडिने र नेपाली क्रिकेटको निरन्तर विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

एनपिएलका सिजन ३, ४ र ५ अन्तर्गत हुने आगामी घोषणा, अभियान तथा विभिन्न गतिविधिबारे जानकारी पल्सर नेपालको आधिकारिक सञ्चार माध्यममार्फत प्राप्त गर्न सकिनेछ ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार १३:१२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।