नेपाल विद्युत प्राधिकरण र अपिपावर कम्पनी लि. बीच ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युतखरिद बिक्री सम्झौता सम्पन्न गरेको छ । सोसम्झौतामा ने.वि.प्रा का तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका तर्फबाट कार्यकारी सञ्चालक श्री संजिव न्यौपानेले हस्ताक्षर गर्नु भएको छ ।
सुदुर पश्चिम प्रदेशको दुर्गम जिल्लादार्चुलामाकम्पनीले निर्माणगर्न लागेका योे अपर चमेलिया जलविद्युत आयोजना तेस्रो हो ।यस अघि कम्पनीले ८.५ मे.वा.क्षमताको नौगाड गाढ जलविद्युतआयोजनानिर्माण सम्पन्न गरी विगत ३बर्ष देखि निरन्तर रुपमा राष्ट्रिय ग्रीड प्रणाली विद्युतप्रवाहगर्दै आएको छ ।
कम्पनीले निर्माण गरिरहेको दोस्रो आयोजनाअपर नौगाढ गाड जलविद्युत आयोजना (८.०) को निर्माण पुरा गरि आगामी चैत मसान्तभित्र विद्युत उत्पादन शुरु हुनेछ । कम्पनीलेसम्पन्न गरेका आयोजनाहरु नेपाल विद्युतप्राधिकरणले निर्माण सम्पन्न गरेको अत्तरिया–बलाँच १३२ के.भि.डवल सर्किट ट्रान्समिसन लाइनमा जडान गरिनेछ ।
यो अपर चमेलिया जलविद्युत आयोजनाबाट (४० मेगावाट) बार्षिक २६.४१करोड युनिट विद्युतउत्पादनहुनेछ । उत्पादितविद्युतमध्ये ३३ प्रतिशतहिउँदाका ६ महिनाहरुमा र बाँकी ६७ प्रतिशतबर्षात महिनाहरुमा उत्पादन हुनेछ ।यो आयोजना “Take or Pay” माआधारित छ । कम्पनीले उत्पादन अनुमति प्राप्त गरि २०७६ सालबाट निर्माण सुरु गरी ३ बर्ष भित्रनिर्माण सम्पन्नगर्ने लक्ष्य लिएकोछ ।
अहिले देशमा निर्माणाधिन अधिकांश जलविद्युत आयोजनाहरु ट्रान्समिशनलाईनको अभावले समस्याग्रस्त बन्दै गएका छन ।सुदुरपश्चिममा नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको १३२ के.भि.डबल सर्किट ट्रान्समिसन लाइनमा जडानहुने भएकोले विद्युतप्रवाहको कुनै समस्या नरहेको कम्पनीकाकार्यकारी संचालकश्री सञ्जीवन्यौपानेले बताउनुभयो । यो आयोजनाको निर्माण पश्चात् सुदुर पश्चिम प्रदेशमा विद्युत आपुर्ती बढ्न गई भारतबाट विद्युत आयात गर्नु पर्ने अवस्थाको अन्त्यहुनेछ ।
यो आयोजनामा नेपालविद्युतप्राधिकरणद्वारा निर्माण गरिएको बहुर्चचित चमेलिया जलविद्युत आयोजनाको विद्युत गृह भन्दा १५ किलोमिटर माथिअवस्थित छ । दुर्गम जिल्लामा निर्माण हुने यस आयोजनाको लागतप्रति मेगावाट १८ करोडको हिसाबले आयोजनाको कुललागत ७२० करोड लाग्ने अनुमान छ ।
प्रतिक्रिया