एजेन्सी – ब्राजिल फुटबलका पिता मानिने पेलेले बिश्वप्रसिद्ध फुटबलर डिएगो म्यारोडोनाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
पेलेले सामाजिक सन्जालमार्फत म्यारोडोनाको निधनपछि उनको परिवारलाई ईश्वरले शक्ति दिऊन् भनेका छन् ।
पेलेले लेखेका छन्, “यहाँ धेरै कुरा भन्नुपर्नेछ । त्योभन्दा पहिला उनको परिवारलाई शक्ति मिलोस् । मलाई आशा छ हामी पछि स्वर्गमा सँगै फुटबल खेल्नेछौं । मैले एक राम्रो साथी र लिजेन्ड गुमाए ।”
प्रतिक्रिया