Logo

खेलकुद

एनलीएल : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टोली बन्ला, कि काठमान्डुले रोक्ला ?



नेपाल प्रमियर लिग (एनपीएल) मा आज एउटा मात्रै खेल हुँदैछ । जसमा घरेलु टोली काठमान्डु गोर्खाज र साबिक बिजेता लुम्बिनी लायन्स खेल्नेछ्न । खेल साँझ ५ बजे त्रिवि मैदानमा शुरू हुनेछ । अहिलेसम्म अपराहित रहेको लुम्बिनी  ७ अङ्कसहित तालिकाको शिर्षस्थानमा रहेको छ ।

काठमान्डु ४ अंकका साथ चौथो स्थानमा छ ।लुम्बिनी आफुले खेलेका ४ खेलमध्ये ३ मा विजयी भएको छ भने पानी परेर एक खेल रद्द  अंक बाँडेको छ । काठमान्डुले ३ खेलमा २ खेल जितेको छ भने एक खेलमा पराजित भएको छ।

आज जित हात पारे लुम्बिनी प्लेअफ पुग्ने पहिलो टोली बन्नेछ । तर काठमान्डु लुम्बिनीलाई रोक्दै आफू अङ्क तालिकामा सुधार गर्ने ध्याउन्नमा हुनेछ । बिराटनगरसङ्ग अलराउन्ड प्रदर्शन गर्दै जीत हात पारेको काठमान्डु यस्तै सनसनीपूर्ण प्रदर्शन दोहोर्‍याउन चाहन्छ ।

काठमान्डुलाई आज पनि अस्ट्रेलियाका बिष्फोटक ब्याटर डेभिड वार्नरको प्रेरणा हुनेछ । लुम्बिनी आफ्नो कम्प्याक्ट प्रदर्शनका कारण चिनिदै आएको छ । ऊ कुनै एक खेलाडीको प्रदर्शनमा निर्भर छैन ।

प्रकाशित मिति : २१ कार्तिक २०८३, शनिबार ०९:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।