Logo

सुरक्षा / अपराध

कौडा खेलिरहेको अवस्थामा १७ जना पक्राउ



नवलपरासी(पूर्व)को मध्यबिन्दु नगरपालिका-८ भागडा बस्ने तिलकराम योगी थारुको घरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २८ वर्षीय सुरेश महतो समेत १७ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४८ हजार २ सय ७० रुपैयाँ, ५ सय भारतीय रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  १२ : ४१ बजे