काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १५.३९ अंकले बढेर २६३८.९५ को विन्दुमा बन्द भएको हो।
आज ३५० कम्पनीको १ करोड ४६ लाख ७० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड माथिको शेयर कारोबार भएको छ । आज १६५ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको छ । यो दिन ३ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।
आज सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको ३० करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लक्ष्मी सनराइज क्यापिटलको २२ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ०५ प्रतिशतका दरले कमाएका हुन् । माउन्टेन हाइड्रोका लगानीकर्ताले ३ . ४२ प्रतिशतका दरले कमाएका छन् । सिटी होटलका लगानीकर्ताले ३.०९ प्रतिशतका दरले कमाएका छन् । जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै मानुषि लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।



















प्रतिक्रिया