Logo

लुम्बिनी प्रदेश

अध्यक्ष घर्तीद्धारा मन्दिर शिलन्यास



सुनिलस्मृति गाउँपालिका वडा नम्वर २ खुंग्रि मा स्थीत मुल देवि मन्दिरको सोमवार एक कार्यक्रमका विच सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले शिलन्यास गरेका छन् । रोल्पा प्रवेशद्धारमै रहेको उक्त मन्दिरमा भक्तजनहरुको दैनिक चाप वढ्न थालेको हुँदा व्यवस्थीत बनाएर लैजान लागिएको बताइएको छ । उक्त मन्दिर निर्माणका लागि ५० देखि ६० सम्म लाग्ने अनुमान गरिएको छ ।

शिलन्यास गर्दै अध्यक्ष घर्तीले भने शिलन्यास गरिएको मन्दिर जति चाडो निर्माण गर्नहुन यहाँका मुल समारोह समितिलाई अनुरोध गर्दछु । यस मन्दिर निर्माणका क्रममा लाग्ने लागत हामि सवै एक जुट भएर लागौँ गाउँपालिकाबाट पनि हामि केहि सोच्नेनै छौ, वडाले पनि यहाँ आफ्नो नजर लगाउनेनै छ ।

तपाई हामी एक जुट भएर मन्दिर निर्माणमा लागौ सहयोगि दाताहरुले हामिलाई सहयोग गर्नुहुनेछ । मन्दिर निर्माणमा हामिले आर्थिक अभावको झमेला झल्नुपर्ने मैले देख्दैन् बरु यहाँ रहेका मन्दिरहरुलाई व्यवस्थित बनाएर लैजानुहोस् गाउँपालिका हजुरहरुकै साथमा छ अध्यक्ष घर्तीले भने ।

आजभोलि प्राय ः व्यक्तिहरुसँग आफ्नै सवारी साधनहरु भएको र सवारी साधन लिएर मन्दिर दर्शन गर्न आउनेहरु हुने भएको हुँदा पार्किङको व्यवस्थाका लागि यतै नजिकै जग्गा लिई पार्किङको व्यवस्थापन र फोहोरका लागि डस्विनको समेत चारैतिर व्यवस्था गर्नुहोस् अध्यक्ष घर्तीले बताएको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले जानकारी दिए ।

प्रकाशित मिति : फाल्गुन २१, २०७५ मंगलबार  ४ : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।