Logo

समाचार

पोखरेलले भने– भैरहवा हवाईमार्ग सहमति सकारात्मक



नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भैरहवा हवाई प्रवेशमार्ग दुईतर्फी बनाउने सहमति सकारात्मक रहेको बताएका छन्।

प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले उक्त सहमतिलाई कार्यान्वयन गर्न आवश्यक प्राविधिक प्रक्रिया छिटो टुङ्ग्याएर हवाई प्रवेशमार्ग दुईतर्फी सञ्चालनमा ल्याउन सरकारले तदारुकता देखाउनुपर्ने बताए।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका सहमति तथा समझदारीलाई कार्यान्वयनमा लैजानुपर्नेमा पनि उनले जोड दिए।

यसैबीच, महासचिव पोखरेलले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा विचार मिल्ने दलहरूसँग तालमेल गरेर अघि बढ्ने बताएका छन्।

‘कुन दलसँग तालमेल गर्ने भन्ने कुरा टुङ्गिएको छैन, तर निर्वाचनमा विचार मिल्ने दलहरूबीच मिलेर जाने विषयमा छलफल भइरहेको छ,’ उनले भने।

पोखरेलले एमालेलाई थप एकताबद्ध र सुदृढ बनाउँदै आगामी निर्वाचनमा सहभागी हुने पनि बताए।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार १४:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।