Logo

सुडानका पूर्व प्रधानमन्त्री सादिक अल मेहदीको कोरोना संक्रमणबाट मृत्यु



सुडानका पूर्व प्रधानमन्त्री तथा प्रतिपक्षी दलका वरिष्ठ नेता सादिक अल मेहदीको बिहीबार मृत्यु भएको छ । उहाँ ८४ वर्षको हुनुहुन्थ्यो । उहाँलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको उहाँको दलले पुष्टि गरेको छ ।

मेहदी सुडानमा प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित अन्तिम प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँलाई केही महिना पहिले इस्लामिक धार्मिक समूहद्वारा समर्थन रहेको सैन्य विद्रोहमार्फत पदच्युत गरिएका तत्कालिन राष्ट्रपति ओमार अल बसिरले सन् १९८९ मा वर्खास्त गरेपछि सुडानको राजनीतिमा प्रजातान्त्रिक मूल्य र मान्यताका लागि निरन्तर आवाज उठाउँदै आउनुभएको थियो ।

नरमपन्थी इस्लामिक नेशनल उमा पार्टीका नेतालाई तीन हप्ता पहिले सुडानमा कोभिड सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि यूनाइटेड अरब इमिरेट्स पठाइएको थियो ।मेहदीको पार्टीद्वारा आफ्ना नेताको मृत्युप्रति दुःख व्यक्त गर्दै जारी विज्ञप्तिमा भनिएको छ, “नेता मेहदीको मृत्युका कारण शोकमा परेका सुडानी जनताप्रति हाम्रो समवेदना छ ।”

मेहदीले बसिरको शासनकालमा एक सशक्त प्रतिपक्षी नेताका रूपमा सुडानमा प्रजातान्त्रिक राजनीतिक अभ्यासका लागि सङ्घर्ष गर्नुभएको थियो ।सुडानमा अहिलेसम्म कूल १७ हजार व्यक्ति कोभिड–१९ सङ्क्रमित रहेको पुष्टि भएको छ भने एक हजार २०० व्यक्तिको मृत्यु भएको छ ।

प्रकाशित मिति : मंसिर ११, २०७७ बिहीबार  ९ : २२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।