Logo

प्रवास

दक्षिण कोरियामा कोरोनाको तेस्रो लहर सुरु



दक्षिण कोरियामा कोरोनाको तेस्रो लहर सुरु भएको छ । बिहीबार कोरियामा मार्च यता कै सबै भन्दा बढी ५८३ नयाँ कोरोना संक्रमितहरु फेला छन् ।

कोरोनाको पहिलो लहरलाई सजिलै पार गर्न सकेको कोरियाले अहिलेको अवस्थालाई जटिल मोड रहेको बताएको छ । सामाजिक दुरी लगायत स्वास्थय सुरक्षाका विधि कडा रुपमा अपनाइरहेको भएपनि दक्षिण कोरिया यतिबेला कोरोनाको तेस्रो लहरबाट प्रभावित भइरहेको छ ।

दोस्रो संक्रमण लहरको संक्रमणपछि एक महिना अगाडि मात्र कोरोना सम्बन्धी बन्देजहरु खुकुलो पारिएको थियो । मार्चपछि पहिलोपटक त्यहाँ दैनिक ५०० बढी संक्रमितहरु थपिरहेका छन् जसमा यसपाली युवाहरुमा बढी फैलिएको बताइएको छ ।

मानिसहरुले सामाजिक दुरी, अनिवार्य मास्क लगायत नियमहरु राम्ररी पालन नगरेमा डिसेम्बर सम्मै संक्रमण सङ्ख्या दैनिक ४०० देखि ६०० ले बढ्दै जाने कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र, केडीसीएका वरिष्ठ अधिकारी लि साङवनले चेतावनी दिएका हुन् । उनले भनेका छन् , “हामी यतिबेला अति जटिल तेस्रो लहरको संक्रमणबाट गुज्रिरहेका छौँ ।

प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार  ८ : ३५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।