Logo

सुरक्षा / अपराध

१८ थान एकनाले भरुवा बन्दुक बरामद



बाग्लुङ, ताराखोला गाउँपालिका-५ सिपस्थित जंगलमा लुकाई छिपाई राखेको अवस्थामा ८ थान एकनाले भरुवा बन्दुक र सोही गाउँपालिका-२ हर्पुखोला टोलको जंगलबाट ९ थान एकनाले भरुवा बन्दुक समेत गरी १७ थान भरुवा बन्दुक बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय गलकोटबाट खटिएको प्रहरीले उक्त हतियार फेला पारी बरामद गरेको हो ।

नुवाकोट, मेघाङ गाउँपालिका-१ बसुन्चेतस्थित नगबु धाबु सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेको १ थान एकनाले भरुवा बन्दुक बिहीबार साँझ प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी किम्ताङबाट खटिएको प्रहरीले उक्त हतियार फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  १ : ३१ बजे