Logo

सुरक्षा / अपराध

नियन्त्रित लागूऔषध सहित पक्राउ



काठमाडौ महानगरपालिका-६ चुच्चेपाटीस्थित सडक किनारबाट नियन्त्रित लागूऔषध १ सय ५० ट्याब्लेट नाईट्राजेपाम नाईट्राभेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा झापा कचनकवल गाउँपालिका-३ ठेगाना भएका २४ वर्षीय सुजन तामाङ र काभ्रेपलाञ्चोक खानीखोला गाउँपालिका-४ ठेगाना भएका २२ वर्षीय आशुतोष मोक्तान रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले प्रदेश ०२-०१८ प ४०४२ नम्बरको मोटरसाइललाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक तामाङ र मोटरसाइकलमा सवार मोक्तानलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानरगपालिका-६ अङधाराचोकस्थित सडक किनारबाट नियन्त्रित लागूऔषध ७ सय ५ ट्याब्लेट नाईट्राजेपाम नाईट्राभेट सहित सिन्धुपाल्चोक बलेफी गाउँपालिका-२ ठेगाना भएका २७ वर्षीय दिवाकार थापालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा उक्त ब्यूरोबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  १ : ४० बजे