Logo

सुरक्षा / अपराध

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ



मोरङ, उर्लाबारी नगरपालिका-९ बस्ने साबित्री श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय  बाबुराम कार्की लगायत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख २५ हजार १ सय ५५ रुपैयाँ सहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ पारिजात पथ बस्ने दिल बहादुर मोक्तानको घरमा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय सुवास बर्तौला लगायत १४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले नगद ३ लाख ३२ हजार ८ सय ९२ रुपैयाँ, १२ बुक तास र ३१ वटा कौडा सहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  १ : ४३ बजे