Logo

सुरक्षा/अपराध

सुर्खेतमा अवैध रुपमा लैजाँदै गरेको यार्सागुम्बा सहित पक्राउ



सुर्खेतमा अवैध रुपमा लैजाँदै गरेको २ केजी ९ सय २० ग्राम यार्सागुम्बा सहित जुम्ला कनकासुन्दररी गाउँपालिका-४ लेकपर बस्ने ४१ वर्षीय पुर्ण बहादुर बुढालाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचानाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले बीरेन्द्रनगर नगरपालिका-१ बाङ्गेसिमलस्थित ना.६ ख ८२४४ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा बसमा सवार पुर्ण बहादुरको झोलामा उक्त यार्सागुम्बा फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार  १ : ४५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।