Logo

प्रमुख समाचार

आरजु राणा देउवा भन्छिन् म जनताको सेवा गर्न राजनीतिमा आएकी हुँ



प्रमुख प्रतिपक्षमा रहेको ठुलो दल नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले प्रतिनिधी सभाको निर्वाचनमा पराजय भोगेपनि जनको सेवामा समर्पित भइ काम गर्ने प्रतिबद्धता जनाएकी छिन् । उनले जनताको सेवाको लागि जनताको दैलोमा पटक पटक धाइरहने बताएकी छन् ।

धनगढी उप–महानगरपालिका वडा नं १२ मा क्रियाशिल सदस्यता वितरण कार्यक्रममा बोल्दै नेतृ देउवाले निर्वाचन हारेपछि पनि आफु पटक पटक धनगढीका बिभिन्न वडामा पुगिरहेको बताईन । म यहाँहरुको सेवा गर्ने भनेर राजनितिमा आएकी हुँ नेतृ देउवाले भनिन्‘ मैले चुनाव हारेपनि करोडौंका योजना मेरो निर्वाचन क्षेत्रमा हालेकी छु ।

उनले कैलाली क्षेत्र नं ५ का बासिन्दा प्रति आफु सधै आभारी भएको बताउदै नेतृ देउवाले भनिन्,तर घर भित्रको झगडा सधै खतरनाक हुन्छ त्यस बारेमा सबैले सजक हुनुपर्छ ।

नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले नेपाली कांग्रेसले गरेका राम्रा काम समेत कार्यकर्ताहरुले जनतामा लैजान नसकेको बताए । सबै भन्दा ठूलो संगठन हो सभापति शाहले भने,त्यस कारण संगठन बलियो बनाउनका लागि क्रियाशिल सदस्यता वितरण महाअभियान कांग्रेसले थालेको छ ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले यहाँका प्रदेश र प्रतिनिधीसभाका माननीयहरु संग विकास निर्माणका काम गर्ने कुरामा प्रतिसपर्धा गर्न चुनौती दिए ।

यस निर्वाचान क्षेत्रबाट चुनाव जित्नु भएका सांसदले गरेको काम र हामीले गरेको काममा तुलना गर्नु होस नगरप्रमुख वडले भने कस्ले कति काम गरेको रहेछ । नेपाली कांग्रेसको क्रियाशिल सदस्यता वितरण महाअभियान अन्तरगत वडा नं ९, १० र १२ मा कार्यक्रम आयोजना गरेको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार ०४:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।