Logo

बैंकिंग

क्यासवे मनि ट्रान्सफर र जेएससी एमएफआई इन्टेल एक्प्रेसबीच सम्झौता



क्यासवे मनि ट्रान्सफर र जेएससी एमएफआई इन्टेल एक्प्रेसबीच सम्झौता भएको छ । 

सम्झौता अनुसार साइप्रस, ग्रीस, बेलायत, इटली, जोर्जिया र युक्रेनमा काम गरिरहेका नेपालीहरूले सजिलै रेमिट्यान्स रकम नेपाल पठाउन सक्नेछन् ।

सम्झौतापछि यी देशमा रहेका नेपालीले मेहनतले कमाएको पैसा सजिलैसँगै नेपालमा रेमिट्यान्स पठाई लाभ लिन सक्ने कम्पनीले जनाएको छ । साथै, नेपालको कुनै एजेन्टमार्फत मिनेटमा नै अतिरिक्त सेवा लिन सक्नेछन् ।

त्यस्तै, नेपालका ५० भन्दा अधिक बैंक तथा वित्तिय संस्थामा तुरुन्तै पैसा जम्मा हुने कम्पनीले जनाएको छ ।
सम्झौतापत्रमा क्यासवे मनि ट्रान्सफरको तर्फबाट क्यासवेका सिइओ शैलेन्द्र उपध्याय र इन्टेएक्प्रेसको तर्फबाट डेविड ताभार्टकिलाडेजले हस्ताक्षर गरेको हो ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ४ : ५६ बजे