Logo

वेस्टइन्डिजले पहिलो टि ट्वान्टी खेलमा न्युजिल्यान्डलाई १ सय ८१ रनको विशाल लक्ष्य दियो



निर्मल लामिछाने।

कप्तान किरण पोलार्डको बिस्पोटक ब्याटिङमा वेस्टइन्डिजले पहिलो टि ट्वान्टी खेलमा घरेलु टोली न्युजिल्यान्डलाई १ सय ८१ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले १६ ओभरमा १८० रन बनाएको छ ।

एकपटक खराब अवस्थामा पुगेको वेस्टइन्डिजलाई विशाल योगफलमा पुर्याउन पोलार्डले ३७ बलमा ४ चौका र ८ छक्का सहित ७५ रनमा अविजित रहँदै बलियो योगफलमा खडा गरे ।

वर्षाको कारण प्रभावित हुँदा निर्धारित २० ओभरको खेलबाट १६ ओभरमा खेलिएको खेलमा ओपनर आन्द्रे फ्लेचर र ब्रेन्डन किंगले ३.२ ओभरमा ५८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । वेस्टइन्डिजले  उत्कृष्ट सुरुवात गरेपनि ५.१ ओभरमा ५९–५ को कमजोर अवस्थामा पुगेको थियो ।

 रनको पछ्याउदैअबको केहिबेरमा न्युजिल्यान्ड जबाफी ब्याटिङमा उत्रदै छ । 

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  २ : ४८ बजे