Logo

अन्तर्राष्ट्रिय

भारतमा लोकसभा निर्वाचन : प्रधानमन्त्री मोदीको निर्वाचन क्षेत्र तोकियो



भारतीय जनता पार्टीले लोकसभा चुनाव लड्ने उम्मेद्वारहरुको पहिलो सूची सार्वजनिक गरेको छ ।पार्टीका बरिष्ठ नेता जेपी नड्डाले उम्मेद्वारहरुको नाम घोषणा गरेका छन् । पहिलो सूचीमा भाजपाका बरिष्ठ नेताहरुको चुनावी क्षेत्र घोषणा गरिएको बीबीसीले जनाएको छ ।

घोषित सूचीअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले वारणसीबाट चुनाव लड्ने भएका छन् भने भाजपा नेता अमित शाहले गान्धिनगरबाट चुनव लड्ने भएका छन् । त्यस्तै गृहमन्त्री राजनाथसिंहले लखनऊबाट चुनाव लड्ने भएका छन् ।

भारतमा आगामी अप्रिल ११ देखि लोकसभा निर्वाचन हुँदैछ । त्यसको परिणाम मे २३ मा सार्वजनिक गरिनेछ ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार १५:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।