नेपाल र जापान सरकारबीच कामदार लैजाने विषयलाई टुंगो लगाउनको लागि आगामी सोमबार श्रम साझेदारी हुने तयारी भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले दुई देशबीच हुने समझदारीका सबै प्रक्रिया पूरा भइसकेको जानकारी दिएका छन्।
दुबै देशका अधिकारीले नेपाली कमदारलाई छुट्याएको कोटा जानकारी नदिएपनि झण्डै ४० हजार नेपालीले रोजगार पाउनु आशा गरिएको छ। जापानले नेपालसहित चीन, भियतनाम, इण्डोनेसिया, फिलिपिन्स, कम्बोडिया, थाइल्याण्ड, म्यानमार र मंगोलियाबाट कामदार लिने बताएको छ । १४ आटा औद्योगिक क्षेत्रमा कामदार राख्न सकिने जापानको भनाइ छ।
जापानले विदेशी कामदारको अभाव टार्न आगामी ५ वर्षमा झण्डै ३ लाख ४५ हजार विदेशी कामदार भित्र्याउने योजना बनाएको छ। सरकारले नेपाल र जापान सरकारबीच ‘मेमोरेन्डम अफ को–अपरेसन’मा हस्ताक्षर गर्नका निम्ति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मनत्रालयलका सचिव महेशप्रसाद दाहाललाई अख्तियार प्रदान गर्ने निर्णय गरेको छ।
















प्रतिक्रिया