Logo

प्रमुख समाचार

विप्लवको पक्षमा प्रचण्ड, दबाउने पक्षमा ओली



पछिल्लो समय सत्तारुढ दल नेकपाभित्रको बहसको विषय बनेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा ।चन्दले नेतृत्व गरेको नेकपाले ठाउँ ठाउँमा बम फिष्फोट र चन्दा उठाउने अभियानलाई तिब्रता दिएपछि उक्त दलको विषयमा चर्चा बढेको हो ।

केपी ओली नेतृत्वको सरकारले चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि सत्तारुढ दलभित्र मत विभाजित भएको छ । चौतर्फी रुपमा चन्द नेतृत्वलाई वार्तामा ल्याएर शान्तिपूर्ण अवतरण गराउनुपर्ने र दमनबाटै तह लगाउने पक्षमा विभाजित भएको पाईएको छ ।

प्रधानमन्त्री ओली र उनका पक्षधर चन्द नेतृत्वको पार्टीलाई दमन गर्नुपर्ने पक्षमा छन् भने अर्का अध्यक्ष दाहाल पक्षधरले वार्ता गर्नुपर्नेमा जोड दिएका छन् ।दाहालले सार्वजनिक कार्यक्रममा चन्दलाई चेतावनी र सुझाब दुवै खाले भाषामा सम्बोधन गर्दै आएका छन् भने ओलीले होच्याएर कटाक्ष गर्दै आएका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार ११:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।