Logo

समाचार

टाटा मोटर्स कन्सट्रक्सन एक्सपो आजदेखि



टाटा मोटर्सको नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले आजदेखि टाटा मोटर्स कन्स्ट्रक्सन एक्सपोको शुभारम्भ गरेको छ । दुई दिनसम्म चल्ने यस एक्स्पो सिप्रदीको नैकापस्थित कर्पोरेट अफिसको प्रांगणमा आयोजना भैरहेको छ ।

यस एक्स्पोमा टाटा मोटर्सका निर्माण कार्य सम्बन्धी सवारी साधन, उपकरण र अन्य मेसिनहरु प्रदर्शनमा राखिएका छन् । सिप्रदी टे«डिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठका अनुसार यस एक्स्पोमा आउने दर्शकहरुले टाटाका निर्माण सम्बन्धी गाडी र उपकरणहरुको एउटै छतमुनी बिस्तृत जानकारी प्राप्त गर्न सक्ने बताउनुहुन्छ ।

 

‘यसबाट टाटाको निर्माणसँग सम्बन्धित उत्पादनहरुको छबि नेपाली बजारमा मजबुत हुने अपेक्षा पनि उहाँ गर्नुहुन्छ ।’ यस एक्सपोमा सिप्रदीले आफ्नो LPK 2523 मोडेलको नयाँ टिप्पर पनि बजारमा ल्याएको घोषणा गरेको छ । 800nm Torque, ३७ टनको सस्पेन्सन एवं ३०० लिटरको फ्यूल ट्यांकजस्ता अत्याधुनिक विशेषताले यस टिप्पर सम्पन्न छ ।

यस एक्सपोमा प्रदर्शित निर्माण सम्बन्धी सवारी साधन, उपकरण र मेसिन खरीद गर्न चाहनेहरुको लागि फाइनान्सिङ सुविधा पनि उपलब्ध छ । यस एक्सपोमा नृत्य, संगीत, फोटोसुटजस्ता मनोरञ्जनात्मक कार्यक्रमहरु लागयत फुड स्टलर निःशुल्क हेल्थ क्याम्प पनि समावेश गरिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार १२:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।