Logo

प्रमुख समाचार

फेसबुक नियन्त्रणका नाममा बोल्न पाउने अधिकार खोसिँदैछ, सचेत हुनुस् : गगन थापा



नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकार सबै क्षेत्रमा हस्तक्षेप गरी अधिनायकवाद लाद्न उद्धत रहेको आरोप लगाएका छन्। सामाजिक सञ्जाल नियन्त्रणका नाममा सरकारले नागरिकको बोल्न पाउने अधिकारसमेत खोस्न लागेकोप्रति सचेत रहन उनले आग्रह गरे।

शुक्रबार चाबहिलमा आयोजित कार्यक्रममा बोल्दै थापाले भने, ‘यतिबेला केपी ओलीजी संसदीय मूल्यमान्यतालाई तिरस्कार गर्दै योजनाबद्ध रुपमा अगाडि बढेकाले संविधान नै संकटमा परेको छ।’ आफूहरु संविधान बचाउन र प्राप्त उपलब्धी रक्षा गर्न लागि परिरहेको उनको भनाई छ।

कांग्रेस काठमाडौं महानगर ७ नम्बर वडाले आयोजना गरेको कार्यक्रममा निर्वाचनको बेला सहयोग पुर्याउनेलाई सम्मान गरिएको थियो।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार १३:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।