Logo

प्रमुख समाचार

गगन थापालाई अर्का थापाले दिए चुनौती



नेपाली कांग्रेसका नेता गगन थापालाई कांग्रेसकै अर्का यूवा नेता ताराबहादुर थापाले चुनौती दिएका छन् ।पछिल्लो समय नेपाली कांग्रेसभित्रको विवाद मैदानमा छताछुल्ल भएको बेला गगनले महामन्त्री डा. सशांक कोइरालालाई कार्यकर्तामा भ्रम फैलाउने गरी कुनै पनि अभिव्यक्ति नदिन भनेपछि गगनभन्दा निकै कान्छा अर्का झनै यूवा नेता थापाले गगनलाई सधैं आलोचना गरेर मात्र नेता बनिन्छ भन्ने सपना नदेख्न सुझाव दिएका छन् ।

ताराले अहिले सही बिकल्प दिनु र पार्टीलाई नयाँ सोचमा लानु आवश्यकता भएको भन्दै सधैं भाषणले मात्र जनता र कार्यकर्ताको मन जित्न नसकिने हुँदा बाटो परिवर्तन गर्नसमेत गगनलाई भनेका छन् ।

कोइरालाले हिन्दुराष्ट्रको एजेण्डा उठाउँदै आएका छन् । कोइरालाको अभिव्यक्तिलाई लिएर गगनले कोइरालालाई जथाभावी नबोल्न भनेर सार्वजनिक कार्यक्रममा नै भनेपछि अहिले यसले बजार तताएको छ ।

गगन भाषण गरेर नै नेता भएका छन् । एकपटक समानुपातिक र २ पटक निर्वाचित सांसद र एकपटक स्वास्थ्यमन्त्री भएपनि उनले जनताको जिवनमा सकारात्मक परिवर्तन हुने गरी काम नगरेको आरोप उनकै कार्यकर्ताले लगाउँदै आएका छन् ।

केही दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवाले पनि कोइराला परिवारको बिर्ता कांग्रेस नभएको भनेपछि कोइरालाहरु देउवाविरुद्ध खनिएका थिए । तारा नेपाल विद्यार्थी संघलाई हाँक्न बुढाखाडाले नसकेको भन्दै २५ वर्ष मुनिकालाई पनि निश्चित प्रतिशत छुट्याई आफूहरुको सोच र बिचारको सम्मान गर्दै संघलाई गतिशिल बनाउन माग गरेका छन् । उनी ‘अन्डर २५’ को अभियान चलाएर नेता भइसकेका छन् ।

केही दिन अगाडि पार्टी महामन्त्री कोइरालाको अभिव्यक्तिलाई लिएर पार्टी केन्द्रीय सदस्य र सांसदसमेत रहेका गगन थापाले दिएको विरोधपूर्ण अभिव्यक्तिलाई खण्डन गर्दै सुशील कोइराला सोसलिष्ट युथ सर्कलका केन्द्रीय अध्यक्ष तारा बहादुर थापाले विरोधको नाममा विरोध मात्रै नगरेर विरोधको बीचमा समाधानका विकल्पहरु दिन सक्ने नेता चाहिएको छ तर त्यो नेता गगन थापा नभएको दाबी गरेका छन् ।

उनले युवा नेताहरुलाई आफ्नो नामको अगाडि युवा थपेर उमेरको सुविधाको आधारमा युवाहरुलाई राजनीतिक संस्कार इमान्दारिता र अनुशासनको पाठ सिकाउनुपर्नेमा त्यसको विपरीत गएर उग्र, जालझेल, खुरापातको राजनीति गर्न सिकाएको भन्दै आपत्ति जनाएका छन् ।

ताराले स्वच्छ राजनीति गर्न र प्रतिस्पर्धामा आउनसमेत गगनलाई ठाडो चुनौती दिएका छन् । ताराले आफ्नो फेसबुकमा स्टाटस नै लेखेर यो बारे आँफू जहाँपनि खुला वहस गर्न तयार भएको जनाएका छन् । उनले राजनीतिले समाजलाई सही दिशामा डोहो-याउने भएकाले फोहोरी खेलबाट मुक्त भई इमान्दार युवाहरुको प्रतिनिधित्व गर्दै पार्टीभित्रको कुसंस्कारका विरुद्धमा लड्ने गरी मैदानमा उत्रन गगनलाई सुझाव दिएका छन् ।

प्रकाशित मिति : चैत्र ९, २०७५ शनिबार  ११ : ४१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।