Logo

प्रमुख समाचार

जनताका आकाङ्क्षा पूरा हुन सकेन : नेता लेखक



नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले सरकारले जनताको चाहना र आवश्यकता अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।बैतडीको दोगडाकेदार गाउँपालिकाको खोचलेकमा आयोजित अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिको आयोजनामा जिल्लाका विभिन्न स्थानमा भइरहेको अन्तक्र्रियामा सहभागी भएका नेता लेखकले सरकारले सङ्घीयता कार्यान्वयन गर्न सो अनुरुप काम गर्नुपर्ने आवश्यकता औल्याए ।

पूर्वमन्त्रीसमेत रहेका नेता लेखकले वर्तमान सरकारले विगतमा काङ्ग्रेस नेतृत्वको सरकारले शुरुआत गरेका गौरवका योजनासमेत अलपत्र छोडेको बताए । काङ्ग्रेसले आइतबार बैतडीको डिलाशैनीमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्ने भएको जनाइएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७५, आईतवार ०५:१३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।