Logo

समाचार

दाङ्ग र सल्यानमा आइएमईलाइफ इन्स्योरेन्सको शाखा सहित कारोबार प्रारम्भ



आइएमईलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाङ्गको घोराहीमा शाखामार्फत औपचारिक रुपमा जीवन बीमाको कारोबार प्रारम्भ गरेको छ । शनिबार दाङ्गको घोराहीमा आयोजित एक विशेष समारोहकावीच नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त शाखा कार्यालयको उद्घाटन गरे ।

शाखाकार्यालयको उद्घाटन गर्दै अध्यक्ष ढकालले करिव वीस बर्षअघि देखि नै आइएमई उद्घाटन ग्रुपका विभिन्न सेवाहरू विशेष प्राथमिकताका साथदाङ्गमा स्थापना गरिँदै आएको स्मरण गरे ।आम सेवाग्राहीहरूलाई सवै प्रकारका वित्तीय आवश्यकता परिपूर्ति गर्दै जाने ग्रुपको उद्देश्य अनुरुप दाङ्गको घोराहीमा आइएमई लाइफ इन्सोरेन्सको शाखा स्थापनागरिएको बताउँदै यो सेवाबाट सेवाग्राही थप लाभान्वित हुने बताए ।

त्यस्तै आइतबार सल्यान जिल्लाको शारदा नगरपालिका १, श्रीनगरमा रहेको शाखाकार्यालयको उद्घाटन सल्यान जिल्ला समन्वय समितिका अध्यक्ष केश बहादुर विष्ट र आइएमई ग्रुपका अध्यक्ष एवम् नेपालउद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले संयूक्तरुपमा गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति विष्टले जिल्लामा आइएमईलाइफ इन्स्योरेन्स कम्पनीको आगमनले स्थानीयबासिन्दाहरुमा जीवनबीमाको पहुँच र यस प्रतिको भरोसा अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

आइएमई ग्रुपका अध्यक्ष ढकालले समय अनुरुप सर्वसाधारणहरुको आर्थिक सुरक्षा र सम्वृद्धिका लागि आफ्नो समुह सक्रिय रहेको जानकारी गराउदै जीवन बिमाका लागि आइएमईला इफइन्स्योरेन्स कम्पनी सर्वोत्तम बिकल्प भएको धारणा व्यक्त गरे ।

दुवै उद्घाटन समारोहमाउधोग वाणिज्य महासंघका केन्द्रीय सदस्यद्वय ध्रुबराजश्रेष्ठ (भारी) र भरत आचार्य, राष्ट्रिय समाचार समितिका संचालकएवम् सम्पादक एकराज पाठक स्थानीय उधोगीव्यवसायी, आइएमईला इफइन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुखकार्यकारी अधिकृत चन्द्र भट्ट, सहायक महाप्रबन्धक आशिष सिंह लगायत आइएमई ग्रुपमा कार्यरत उच्चपदस्थकर्मचारीहरुको उपस्थिती रहेको थियो ।

आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६७ भन्दा बढी शाखामार्फत सेवाप्रदानगर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ ।

कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता तथाआजिवनलगायतकाबीमा योजनाहरू ल्याएको छ । आइ.एम.ई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यूनभन्दा न्यून आयभएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवनबीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमाबिस्तार गर्नु रहेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७५, आईतवार ११:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।