Logo

अन्तर्राष्ट्रिय

कश्मीरमा भिडन्त जारी, दुई आतंककारीको ज्यान गयो, चार सुरक्षाकर्मी घाइते



भार प्रसासित क्षेत्र जम्मू कश्मीरको बडगाममा शुक्रबार बिहान भएको भिडन्तमा सुरक्षाकर्मीले दुई जना आतंककारीलाई मारेको छ । बिहीबार पनि चार जना आतंककारीलाई सुरक्षाकर्मीले मारेको थियो । दिल्ली पुलिसका अनुसार चार जना सुरक्षाकर्मी घाइते भएका छन् ।

भारतीय सुरक्षाकर्मीले कार्वाहीलाई तीव्रता दिने क्रममा गत मार्च २१ मा आतंकवादी समूह जैश–ए–मोहम्मदका सज्जाद खानलाई लालिकिलाको इलाकाबाट गिरफ्तार गरेको थियो ।

गत फेब्रुअरी १४ तारिखमा पुलवामा हमलापछि खान फरार रहेका थिए । खान भारतीय सुरक्षाकर्मी सीआरपीएफमाथि हमला गर्ने मास्टरमाइन्ड मुदस्सिर खानका खास मानिस रहेको दावी गरिएको छ । पुलवामा आक्रमणमा ४७ सुरक्षाकर्मीको ज्यान गएको थियो ।

बडगाममा अहिले पनि भिडन्त जारी रहेको सुरक्षाकर्मीलाई उधृत गर्दै भारतीय संचारमाध्यमहरुले बताएका छन् । बडगामको सुतसू गाउँमा अझै पनि केही आतंकवादीहरु लुकिरहेको बताइन्छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार ०४:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।