Logo

कोशी प्रदेश

प्रदेश १ को नाम किराँत राख्‍न माग



प्रदेश १ को नाम किराँत राख्न माग गर्दै विभिन्न जातीय संगठनले सरकार र प्रदेशसभाको ध्यानाकर्षण गराएका छन् ।विराटनगरमा रहेको प्रदेश संसद सचिवालयमा किराँत राई यायोख्खाको नेतृत्वमा शुक्रबार आएका जातीय संगठनका प्रतिनिधिले गणतन्त्रको आन्दोलन, आदीवासी जनजाति र संविधानको भावनाअनुसार प्रदेशको नाम तोक्न माग गरे ।

उनीहरुले सभामुख प्रदिपकुमार भण्डारीलाई ज्ञापन पत्र बुझाउँदै प्रचीन इतिहास, भुगोल, संस्कृति र सभ्यतासँग जोडिएको हुँदा प्रदेशको नाम किराँत हुनुपर्ने भन्दै ध्यानाकर्षण गराएका हुन् ।

यायोख्खासहित विभिन्न २३ वटा जातीय संगठनका प्रतिनिधिले हस्ताक्षर गरी सरकारलाई बुझाएको ज्ञापन पत्रमा किराँत प्रदेशको विषयमा अधिकांश दलका नेतृत्वसमेत सकारात्मक भएको उल्लेख छ ।

ज्ञापन पत्र बुझाउन गएको प्रतिनिधिमण्डलसँग सभामुख भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो, प्रमुख विपक्षी काँग्रेसका नेता राजीव कोइराला, संघीय समाजवादी फोरमको संसदीय दलका नेता जयराम यादवलालगायतले छलफल गरेका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार १४:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।