Logo

प्रमुख समाचार

कांग्रेसलाई सुधार्न अव महिलाले नेतृत्व गर्नुपर्छ : डा. संग्रौला



नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले मौलाउदो भ्रष्टाचारलाई सरकारले नियन्त्रण गर्न नसकेको बताएकी छन् । भ्रष्टाचारमा शून्यसहनशिलताका कुराहरु सरकारले गरे पनि व्यवहारत भ्रष्टाचार झनझन बढ्दै गएको बताइन् ।

नेपाल महिला संघ दाङ शाखाले आज घोराहीमा गरेको स्वागत तथा भेटघाट कार्यक्रममा केन्द्रीय सदस्य संग्रौलाले केन्द्रदेखि स्थानीय तहसम्म भ्रष्टाचार मौलाईरहदा पनि सरकारले नियन्त्रण नगरी रमिते बनेको आरोप लगाइन् ।

त्यस्तै प्रतिनिधिसभा सदस्य समेत रहेकी संग्रौलाले सरकारका गलत क्रियाकलापहरुको संसदमा कांग्रेसले विरोध गरिरहेको उल्लेख गरीन् । अर्को प्रसंगमा कांग्रेसमा रुपान्तरणको खाचो रहेको भन्दै पार्टीको नेतृत्व गर्न महिलाहरु सक्षम भएको र अवको नेतृत्व महीलाले गर्न पाउनु पर्ने वताइन् तब मात्र कांग्रेसलाई सुधार्न गर्न सकिने बताईन्।

महीला संघकि जिल्ला सदस्य निर्मला गौतम रेग्मिको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य अनिता देवकोटा, महीला संघकी कोषाध्यक्ष जानकि सिँह, काग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति भुपबहादुर डाँगि, नेपालि काग्रेस दाङकि कोषाध्यक्ष सावित्रा राना लगायतकाले बोलेका थिए।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार १७:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।